अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी सबै मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८९ पैसा छ । हिजो युरो १ को खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ०७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९४ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १८ असार २०८३, बिहीबार ०६:५० प्रकाशित