गण्डकी अपडेटः आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८२ जना संक्रमित थपिएका छन् । भने ६९७ जना निको भएका छन् ।७७५ जनाको परीक्षण गर्दा ११ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका १३३, गोरखाका १७, मनाङका २, मुस्ताङका १, म्याग्दीका ३४, लमजुङका ६८, तनहुँका ५३, नवलपरासीका ९, बागलुङका २३,पर्वतका ५ र स्याङ्जाका ३७ जना रहेको निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९९ हजार ९६४ पुगेको छ भने निको हुनेको संख्या ९२ हजार ५७८ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ७९ हजार ५१३ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ५ हजार ९४७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५ हजार ८७७ जना होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट  ज्यान जानेको संख्या १ हजार ४ सय ३९ पुगेको छ ।

  • १९ माघ २०७८, बुधबार १६:४१ प्रकाशित