आज ७५ औँ मदन भण्डारी जयन्ती

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती । यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

  • १४ असार २०८३, आईतवार १०:५४ प्रकाशित