विराटनगर ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै वामपन्थीहरू मात्रै नभएर लोकतान्त्रिक पार्टी जसपा समेतसँग कुरा भइरहेको बताए । महाधिवेशनमा अर्को क्रमभङ्ग हुने समेत उनले बताए । ‘प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस् अब कस्तो हुन्छ,’ उनले भने ।
अब अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धहरू पनि विस्तार गर्ने उनले बताए । पार्टीको सहसंयोजक माधवकुमार नेपाल रसिया गएको र आफू पनि अब श्रीलङ्का जान लागेको अध्यक्ष दाहालले बताए ।












