पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ । हिजो युरो १ को खरिददर १७२ रुपैयाँ १३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा छ । हिजो थियो। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ९२ पैसा छ । त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ६८ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८७ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












