रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

केन्द्रभाग मिडिया

चितवन ।

रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा ३८४ जनाको नाम सार्वजनिक भएको छ ।

रास्वपाको महाधिवेशन चिवतनमा जारी छ । जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।

  • १० असार २०८३, बुधबार १६:१३ प्रकाशित