आज सेयर बजार घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सेयर बजार १.४६ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ । बजारमा दिनभरको उतारचढाव न्यून रह्यो। अघिल्लो कारोबार दिन शुक्रबार नेप्से १.६३ अंक बढेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने १४ को स्थिर रह्यो ।

  • ८ असार २०८३, सोमबार १६:०६ प्रकाशित