जेठ ४ मा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको जोड

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच अहिले छलफल हुदैँछ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ५ गतेभित्रै हुर्नुपर्ने भन्दै ताकेता गर्दै आइरहेको छ। यसैबीच आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव देउवासमक्ष प्रस्ताव गर्ने भएको छ ।

आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहनेछ ।

  • १८ माघ २०७८, मंगलवार १५:१३ प्रकाशित