प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् ।

चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार कांग्रेसको बागमती प्रदेश समितिका पदाधिकारीहरुसँगको भेटमा देउवाले जेठमा स्थानीय निर्वाचन हुने बताएका हुन् ।‘गठबन्धनमा सहमति भइसक्यो अब जेठमा स्थानीय चुनाव हुन्छ । तपाईहरु तयारीमा लाग्नुस’, बैठकमा देउवाले भनेका थिए ।

  • १८ माघ २०७८, मंगलवार १४:०६ प्रकाशित