काठमाडौं ।
एक समयका चर्चित हास्य कलाकार खेम शर्मा‘चतुरेझको निधन भएको छ। उनको अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।
पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी टेलिफिल्म ञचतुरेको दाउपेचझ बाट चर्चामा छाएको थिए ।
थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन् । उनले ञचतुरेको दाउपेचझ नामक फिल्म समेत निर्माण गरेका थिए ।













