सोनाम ल्होछारमा भोलि सार्वजनिक विदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।

  • १८ माघ २०७८, मंगलवार १३:०७ प्रकाशित