राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई अब परम्परागत शैलीबाट मुक्त गरी नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।  उनले महाधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउनुपर्नेमा जोड दिए महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अब कुनै पनि ढिलासुस्ती र अन्योल सह्य नहुने उनको भनाइ थियो ।

उनले निर्वाचन समितिलाई पूर्ण विश्वासमा लिएर काम गर्न निर्देशन दिँदै देशभरका कार्यकर्तालाई महाधिवेशनको वातावरण निर्माणमा जुट्न आह्वान गरे ।

अध्यक्ष लिङ्देनले पार्टीभित्र देखिएका असन्तुष्टि र पार्टी छोडेर जानेहरूप्रति लक्षित गर्दै उनीहरूले नै राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा बनेको जनमत र वातावरणलाई बिगार्ने काम गरेको आरोप लगाए ।

  • ५ असार २०८३, शुक्रबार १४:१८ प्रकाशित