पोखरा ।
पोखरा रङ्गशालाको कभर्ड हलमा भोलि शुक्रबार हुने ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगिताको तयारी पूरा भएको छ ।चङ्गा प्रोडक्सनको आयोजनामा फुटसल प्रतियोगिता हुने भएको हो ।
सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए ।सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू ,कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायीलगायत आबद्ध ४ वटा टोलीहरूको सहभागिता रहने गुरुङले बताए ।
उनका अनुसार रंगशालाको बहुद्देश्यीय भवनमा हुने उद्घाटन खेलमा टिम कर्पोरेट र टिम क्रियटर्सबीच हुनेछ । दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाडौंको टिम प्याराडाइमबीच हुने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।
केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको सो कार्यक्रम विभिन्न स्टलहरु रहनेछन् । दिउँसो ३ बजेदेखि सुरु हुने सो इभेन्टको चंगा स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।












