रास्वपाले बढायो केन्द्रीय समितिको संख्या

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति संख्या बढाउने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको संख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्नेगरी विधानको व्यवस्था गरिने बताइएको छ ।

१५१ सहित सात प्रदेशका सभापति पदेन हुने गरी १५८ सदस्यीय बनाउने निर्णय भएको बताइएको छ ।यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेको थियो ।

  • ४ असार २०८३, बिहीबार १५:११ प्रकाशित