यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार रातिबाट यसको प्रभाव अझै बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ। चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • १८ माघ २०७८, मंगलवार ०९:०२ प्रकाशित