राष्ट्रिय सभामा आज अर्थमन्त्री वाग्लेले जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौं।

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको १८औँ बैठक आज बस्दै छ।बैठक सोमबार अपराह्न १स्१५ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ।आजको बैठक नयाँ आर्थिक वर्षको बजेटमाथि केन्द्रित रहने बताइएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको बैठकको मुख्य कार्यसूची सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने भएको छ ।

बैठकको पहिलो कार्यसूचीका रूपमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि सामान्य छलफल हुनेछ। त्यसैगरी, आजैको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि भएको छलफलको जवाफ दिने कार्यक्रमसमेत रहेको छ। बजेटमाथिको सामान्य छलफल सकिएपछि माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।

  • १ असार २०८३, सोमबार १०:५० प्रकाशित