देउवा–शेखर समूहको भेला सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘वृहत् एकता, साझा प्रतिबद्धता नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय भेला सुरु भएको छ । भेलामा निवर्तमान कार्यसमितिमा रहेका वरिष्ठ नेताहरू सहभागी छन् ।

१४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रतिद्वन्द्वी डा।शेखर कोइराला, पूर्वमहामन्त्रीद्वय डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला सहभागी छन् ।

त्यस्तै, नेताहरू बलबहादुर केसी, डा।मीनेन्द्र रिजाल, एनपी साउद, मीनबहादुर विश्वकर्मा, महिन्द्रा लिम्बु, रामहरि खतिवडा, सरस्वती बजिमय, सुजाता परियार, मोहनबहादुर बस्नेत, सिता गुरुङसहितका नेताहरू सहभागी छन् । देउवा र शेखर कोइरालाले विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि गरेको यो पहिलो भेला हो ।

  • ३१ जेष्ठ २०८३, आईतवार १४:४८ प्रकाशित