काठमाडौं।
राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) राष्ट्रिय सभामा पेस गरिएको छ ।
सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त प्रतिवेदन पेस गरेकी हुन् ।
संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार उक्त वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।












