आयाल निगम निर्देशकका लागि १७ आकांक्षी(नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, सक्तारुढ कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकले निवेदन दिएका छन् ।

यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि छन् । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

  • १७ माघ २०७८, सोमबार १५:२१ प्रकाशित