विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

केन्द्रभाग मिडिया

काठमाडौं ।
विश्वकप फुटबलको उद्घाछन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराएको छ । मेक्सिकोको सिटी रंगशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै  प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआति अग्रता दिलाएका थिए ।

इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बन्यो ।

त्यसपछि खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए ।  खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए ।

त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो। खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

  • २९ जेष्ठ २०८३, शुक्रबार ०७:१६ प्रकाशित