संस्थापन पक्षले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापन पक्षले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको बताएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।

‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उनको सचिवालयलाई अहिले सम्म कहीँ कतै जानकारीमा छैन,’ डा.कोइरालाका सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जारी गरेको सूचनामा उल्लेख छ ।

थपलियाले सूचनामा मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । डा.कोइरालाको सचिवालयले कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते महामन्त्री प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेटेपछि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको जनाएको छ ।

  • २७ जेष्ठ २०८३, बुधबार १२:१३ प्रकाशित