रास्वपा स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । शनिबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई भारी मत अन्तरले पराजित गरेका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाए ।

उपसभापतिमा उमा फुयाँल विजयी भएकी छिन् । उनले १ सय ४५ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले १ सय मत पाए । शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे । उपसभापतिमा ४ जना प्रतिस्पर्धामा थिए ।

बाँकी पदहरूमा सर्वसम्मत चयन भएको हो । सचिवमा प्रसन्न पौडेल, सहसचिव टुकराज अर्याल चयन भए । यस्तै, सदस्यहरूमा पिताकुमारी खनाल, टङ्कप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिका सापकोटा चयन भएकी केन्द्रीय विभाग सदस्य बोधराज रेग्मीले जानकारी दिए ।

  • २४ जेष्ठ २०८३, आईतवार ११:५४ प्रकाशित