आयोगले गृहमन्त्रालयलाई पठायो निर्वाचन विधेयकको मस्यौदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

 

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ । निर्वाचनसम्बन्धी केही कानुनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो ।

यसअघि सात वटा ऐनलाई एकीकृत गरी आयोगले २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो ।

भदौमा भएको जनेजी आन्दोलन र संसद् विघटनपछि गृहले पुनः आयोगमा सुझावका लागि फिर्ता पठाएको थियो । मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार, विद्युतीय भोटिङ मेसिन र नो भोटलगायतका व्यवस्था समेटिएको छ ।

  • २२ जेष्ठ २०८३, शुक्रबार १५:४२ प्रकाशित