गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

खेतबारीमा गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–१ घर भएका ३६ वर्षीय जलिराम थापा मगर छन्।

केही दिन अघि गोरुले खेत जोतिरहेको अवस्थामा हिँड्न नसकेपछि गोरुको नाक र मुख माटोमा गाडेर कुट्दै उनले गोरुलाई निर्दयी व्यवहार गरेर खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। थापा मगरले भिडियो खिचेर फेसबुक र टिकटकमा पोस्ट गरेका थिए।

बिहीबार पक्राउ परेका उनीमाथि पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

  • २१ जेष्ठ २०८३, बिहीबार १५:५७ प्रकाशित