पोखरा बाटुलेचौरस्थित मातृशिशु अस्पतालमा सञ्चालित चमेना गृहलाई जरिवाना

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले एक चमेना गृहलाई जरिवाना गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुचौरस्थित मातृशिशु प्रादेशिक अस्पतालमा सञ्चालित रहेको चमेना गृह (दिभान्स खाजा घर)लाई जिप्रका कास्कीले जरिवाना गरेको हो ।

उपभोक्ताको गुनासो आएपछि चमेना गृह अनुगमनको क्रममा पर्याप्त सरसफाई नभएको र खरिद बिक्रीका बिल वा बिजक उपलब्ध गराउन नसकेको, पेशा व्यवसाय नविकरण नभएको एवम् मुल्यसूची समेत नराखेको पाइएकाले दश हजार जरिवाना गरिएको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, सञ्चारकर्मीहरु र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरु समेतको संयुक्त अनुगमन टोलीले उक्त चमेना गृहमा संयुक्त अनुगनम गरेको थियो ।

  • २० जेष्ठ २०८३, बुधबार १७:०६ प्रकाशित