रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन् । पाँच दिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने लामिछानेले अपेक्षा गरेको बताइएको छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार १६:०७ प्रकाशित