काठमाडौं ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्तिबारे सत्तारुढ दल रास्वपाको धारणा आउनुपर्ने माग गरेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री कुनै पार्टीको मात्र नभएर देशको प्रधानमन्त्री भएकाले उहाँले संसदमा सीमासम्बन्धी बोलेको कुरा सिंगो राष्ट्रको चिन्ताको विषय भएका बताए ।
साथै उनले यसको समाधान संसदबाट दिनैपर्नेमा जोड दिए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको कुरामा रास्वपाको धारणा के हो रु सार्वजनिक हुनुपर्छ र प्रधानमन्त्रीले संसदमा प्रस्ट पार्नुपर्छ’, दुलालको भनाइ छ ।












