प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा हर्क साम्पाङले भने, ‘हुतियारा’

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा पनि नेपालले मिचेको भन्दै दिएको अभिव्यक्तिमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि मुख खोलेका छन् ।सामाजिक सञ्जालबाट साम्पाङले छोटो टिप्पणी गर्दै प्रधानमन्त्रीलाई ‘हुतिहारा’ को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, ‘आज तालिकामा नभएको सदनको वैठक किन बोलाइयो भनेको त प्रमलाई सुटुक्कै बोलाउन थिएछ । १९ गते म आउँछु है ।’उनले लेखेका छन्, ‘प्रमले त नेपालले भारतको भूमि मिचेको रैछ भनेको । हुतिहारा।।’

साम्पाङ आज संसद वैठकमा अनुपस्थित थिए । लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर आफूहरुको प्रश्नको जवाफ दिनुपर्ने माग गरिरहेका उनी आजै अनुपस्थित हुन पुगेका हुन् । आज प्रधानमन्त्री आउने भन्ने पूर्वजानकारी पनि थिएन ।

  • १७ जेष्ठ २०८३, आईतवार १७:१७ प्रकाशित