काठमाडौं।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मुलुक तुरुन्तै विद्युतीय युगमा प्रवेश गर्न नसकिने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद खुस्वु ओलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सबैले अहिले नै विद्युत् प्रयोग गरेर चुलो चलाउँदा भार थेग्न नसक्ने तथा ट्रान्सफरमर पड्किने बताए ।
‘हामी तुरुन्तै विद्युतीय युगमा जान सकिँदैन । ट्रान्सफर्मर पड्कन्छन्’, प्रधानमन्त्री शाहले भने, ‘विद्युतमा ५ प्रतिशत भ्याट लगाउने कुरा ठुलो होइन ।’ उनले विद्युतका भौतिक संरचनाको अपग्रेड गरेपछि सबैले विद्युतीय चुलो प्रयोग गर्न सक्ने अवस्थाका बारेमा सरकारले सोचिरहेको बताए ।
त्यसैगरी प्रधानमन्त्रीले भिजिट भिसा दुरुपयोग नियन्त्रण गर्न सम्बद्ध निकाय मन्त्रालय र विभागलाई निर्देशन दिइएको जानकारी गराए ।












