काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै ।कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।
असन्तुष्ट पक्षको नेतृत्व महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा आजको बैठक बस्न लागेको हो ।आजको बैठकमा सामूहिक राजीनामाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
काठमाडौंमा उपलब्ध असन्तुष्ट पक्षका पदाधिकारी र केन्द्रीय सदस्य बैठकमा सहभागी हुन भनिएको छ ।











