गणतन्त्र दिवस समारोहमा गएनन् प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा अनुपस्थित रहेका छन् ।

प्रचण्ड अस्वस्थ भएको कारण गणतन्त्र दिवस २०८३ मूल समारोहमा सहभागी हुन नसकेको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको स्वकीय सचिव आचार्यले बताएका छन् ।

‘उहाँलाई हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आयो । डाक्टरहरुले आराम गर्न सल्लाह दिनुभएकाले कतै जानु भएको छैन,’ आचार्यले भने ।

  • १५ जेष्ठ २०८३, शुक्रबार ११:२९ प्रकाशित