बजेटबारे रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ।बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्‌मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जनाएको छ।

  • १४ जेष्ठ २०८३, बिहीबार १३:५२ प्रकाशित