काठमाडौं ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा.श्रीकृष्ण गिरीले पाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा। गिरीलाई जिम्मेवारी दिएका हुन् ।
‘आज पत्र लिएर आयोग पुगेको छु । अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी पाएको छु,’ डा. गिरीले भने ।सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
डा। गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका उनले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।


















