एमाले केन्द्रीय सदस्य कार्यविभाजनलाई अन्तिमरूप दिने जिम्मेवारी अध्यक्ष र महासचिवलाई

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई जिम्मेवारी दिइएको छ । एमालेले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनसमेतलाई ध्यान दिएर केन्द्रीय सदस्यलाई स्थानीय तहकेन्द्रित र जनसङ्गठनको इञ्चार्जको जिम्मेवारी दिएको छ ।

एमालेका अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा आइतबार राति सम्पन्न सचिवालय बैठकमा प्रस्तुत सो प्रस्तावमाथि आएका सुझावलाई ध्यान दिएर महासचिव पोखरेलले अध्यक्षको परामर्शमा आवश्यक परिमार्जन गर्ने र अध्यक्षले अन्तिमरूप दिई सर्कुलर पठाउने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । रासस

  • ११ जेष्ठ २०८३, सोमबार ११:२४ प्रकाशित