एमाले सचिवालय बैठक सुरु : आज अध्यक्ष ओलीले जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ ।

शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।

यसअघि बोल्ने अधिकांशले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

  • १० जेष्ठ २०८३, आईतवार १२:३५ प्रकाशित