नेप्से परिसूचक आज पनि घट्यो

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

नेप्से परिसूचक मङ्गलवार पनि घटेर बन्द भएको छ । आज परिसूचक नेप्से ६.५१ अङ्क घटेको हो । नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेको छ ।

आज ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रहेको छ । कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएको थियो । आज थोरै रकम बढेर ३ अर्ब ८ करोडको पुगेको छ ।

  • ५ जेष्ठ २०८३, मंगलवार १५:४८ प्रकाशित