काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।बेलायतले गतसाता आचार्यको एग्रिमो स्वीकृत गरेको थियो । तर, उनीसँगै गत कात्तिकमा प्रस्ताव गरिएका राजदूतहरु डा। शंकर शर्मा र श्रीधर खत्रीको एग्रिमो चाहिँ आइसकेको छैन ।
शर्मालाई भारत र खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदूतमा प्रस्ताव गरिएको थियो । उनीहरुको संसदीय सुनुवाइ पनि पुरा भैसकेको छ । अर्को शक्तिशाली मुलुक चीनसहितका २० नियोग चाहिँ राजदूतविहिन छन् ।