एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक स‍ोमबारलाई सरको छ । एमालेले आज सचिवालय बैठक आह्वान गरेको थियो ।

आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

  • २ जेष्ठ २०८३, शनिबार ०९:२० प्रकाशित