पोखरा ।
२० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा भोली (शनिबार) मनाङ मस्याङदी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब उपाधिका लागि भिड्दै छन् । कडा प्रतिस्पर्धालाई स्विकार गरेका दुुवै टिमको उपाधि जित्नेमा भने आ–आफ्नै दावी छ ।
पोखरा रंगशालामा शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक कुमार थापाले खेलाडीहरुको प्रदर्शनले खेल जित्नेमा आफु आशावादी रहेको बताए । थापाले खेलाडीको प्रफेमेन्सबाट आफू सन्तुष्ट रहेको बताए । केभिड–१९ को कठिन परिस्थितिमा खेल आयोजना भए जस्तै फूहरुले पनि सोही अनुसारको खेलमा मिहिनेत गरेको थापाले बताए ।
त्यस्तै मनाङका प्रशिक्षक फुजा तोपेले फाइनल खेलमा राम्रो प्रदर्शन गर्न दबाब रहेको बताए । उनले उपाधि जित्ने गरी आफूहरुले खेल प्रदर्शन गर्ने पनि बताए।तोपाले एपीएफको प्रर्दशनको प्रशंसा गरे ।
एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ बर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो । एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।
त्यस्तै मनाङ नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै सेमिफाइनल तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो । मनाङले ६ पटक उपाधि जितिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमबाट एपिएफ र मनाङ अन्तीम चरणमा पुगेका हुन् । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । खेल शनिबार दिउँसो २ बजेपछि पोखरा रंगशालाको फुटबल स्टेडिएममा हुने ।