पोखरा ।
अमेरिकी डलरको भाउ आज (बिहीबार) पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ पनि बढेको छ । युरो, पाउन्डसहितका केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड राख्दै आएको अमेरिकी डलरको विनिमयदर आज थप वृद्धि भएको हो । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा थियो ।
आज युरो १ को खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा छ । हिजो युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५३ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७८ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ५०० रुपैयाँ ६० पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४२ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।















