नेकपा संसदीय दलका नेता प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने भएका छन् ।दिउँसो १ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्नका लागि समय माग गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

फागुन २१ मा भएको निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका थिए । चैत १२ गते बसेको संसदको पहिलो बैठकमा प्रचण्डले सम्बोधन गरेका थिएनन् ।निर्वाचनमा विजयी हुने प्रचण्ड एक्ला पूर्वप्रधानमन्त्री हुन् ।

  • २९ बैशाख २०८३, मंगलवार ११:२५ प्रकाशित