म्याग्दी ।
पहिरो हटाएसंंगै बेनी–जोमसोम–कोरला सडक सुचारु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेसंगै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सो सडक विहान करिव ५ः३० बजे ढुङ्गा र माटोसहितको पहिरो खसेर अबरुद्ध भउको थियो ।
सडक खुलेसंगै बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सबै सवारीसाधन गत्तव्य तर्फ लागेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाइएको हो ।
महभिरमा सडकदेखि करिब ५ सय मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएको छ ।












