एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिनेछ नतिजा

केन्द्रभाग मिडिया

काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएकोे छ । राष्ट्रिय परीक्षा बोर्डले केही बेर अगाडि पत्रकार भेटघाट मार्फत परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ ।

एसईई परीक्षा १९ चैत देखि २९ चैतसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

 

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
परीक्षार्थीहरूले तल दिइएका सर्टकोडहरूमा एसएमएस पठाएर वा फोन गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्:

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:
इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । प्रमुख वेबसाइटहरू यस प्रकार छन्:
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ ।

  • २८ बैशाख २०८३, सोमबार २१:३४ प्रकाशित