काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ ।
यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि शुक्रबार नेप्से २७ अंक बढेको थियो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । २४७ कम्पनीको मूल्य बढेको छ भने १८ को घटेको छ । त्यस्तै ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।











