काठमाडौं।
प्रतिनिधिसभाको वर्खे अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित नयाँ संसद् भवनमा अधिवेशनको पहिलो बैठक सुरु भएको हो ।सभाको पहिलो बैठकमै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि विपक्षी दलका उठेका सांसदहरू बसेका छन् ।












