पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित रामदर्शन टोलमा जुवा खेलिरहेको ९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई ४९ हजार ५ रुपैयाँ नगद र २१२ पत्ती ताससहित पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।












