आज २७ अंकले बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन अंक दिनभरको र साताकै अधिकम अंक पनि हो ।

आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि हिजो पनि नेप्से ६.९४ अंक बढेको थियो । समग्रमा यो साता बजार सम्हालिएको छ । गत साता नेप्से परिसूचक २७३८ अंकमा बन्द भएको थियो ।

कारोबार रकममा पनि केही सुधार आएको छ । बिहीबार जम्मा २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ को घटेको छ । त्यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

  • २५ बैशाख २०८३, शुक्रबार १५:३६ प्रकाशित