आज घट्यो डलरको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज घटेको छ । आज पाउन्ड, कुवेती र बहराइन दिनारको पनि भाउ पनि घटेको छ । तर, अस्ट्रेलियन डलर र युरोको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा थिया । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको अमेरिकी डलरको भाउ आज घटेको हो ।

त्यसैगरि आज युरो १ को खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा छ । हिजो युरो १ को खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ २० पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ४०० रुपैयाँ र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ४८ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २४ बैशाख २०८३, बिहीबार ०७:२१ प्रकाशित