संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा संसद्‌मा विमति राख्ने कांग्रेसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिइन् ।

‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं,’ उनले भनिन् ।संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने उनले बताइन् ।

साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको उनले बताइन् ।त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने उनले बताइन् ।

  • २३ बैशाख २०८३, बुधबार १६:१० प्रकाशित