नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् ।
दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् ।सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।
कांग्रेस सांसद गीता गुरूङले बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने जानकारी दिइन् ।













